काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रको समानुपातिक मतको संख्या ११ लाख ६ सय ४७ रहेको छ। आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ।
प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि सोही स्थानमा छ। पहिलो स्थानमा एमाले र दोस्रोमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्।