काठमाडौं- धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन्। यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।