मंगलबार, भदौ १०, २०८२

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिएका छन्।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

महोत्तरी- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ  यसअघिकै दोहोरिएका छन्।

महोत्तरी–३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी–२ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित भए। उनीहरु दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित भए।  यसमा महोत्तरी–१(१)र (२) बाट क्रमशः नेकपा एमाले नेतृ शारदा थापा र नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह रहेका छन्। यसरी नै महोत्तरी–२ (१) र (२) बाट जयनुल राइन र सुरिता साह निर्वाचित भए। उनीहरु दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बनेका हुन्।

जिल्लाको महोत्तरी–३(१) र (२) बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बनेका छन्। उनीहरु दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य रहेका थिए। यसरी नै महोत्तरी–४ (२) का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

महोत्तरीे–१ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित भइन् भने  महोत्तरी–४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित भए। प्रदेशसभातर्फ महोत्तरी–४ (१) बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार हुन्। विसं २०७४ मा महोत्तरी–४ (२) प्रदेशसभा क्षेत्रमा पराजित भएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी–४(१) बाट निर्वाचित भएका हुन्।

महोत्तरी–१ र महोत्तरी–४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्रकुमार यादव र प्रदेशसभातर्फ महोत्तरी–४(१) बाट कौशलकुमार रायले निर्वाचनमा पराजित भएका छन्। 

प्रकाशित: Nov 29, 2022| 08:13 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...