शुक्रबार, असार २७, २०८२

सिभिल बैंकले मनायो १२औं वार्षिकोत्सव

सिभिल बैंकले देशैभरि विविध कार्यक्रमको आयोजना गरेर स्थापनाको बाह्रौं वार्षिकोत्सव मनाएको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- सिभिल बैंकले देशैभरि विविध कार्यक्रमको आयोजना गरेर स्थापनाको बाह्रौं वार्षिकोत्सव मनाएको छ।

बैंकले सफा टेम्पुहरूको भाडा क्यूआर कोड मार्फत भुक्तानी गर्न मिल्ने ‘गो क्यासलेस’ अभियान शुरू गरेको छ। काठमाडौंबाट शुरू भएको यो अभियान काठमाडौं बाहिर पनि विस्तार हुनेछ। त्यसैगरी जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवा शुरू गरिएको छ। बैंकले पाँचथरस्थित याङ्वरक शाखामा एटीएम सेवा पनि प्रारम्भ गरेको छ।  

बैंकले वार्षिकोत्सवका अवसरमा मुख्य शाखा सहित ३६ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरी ९८४ पिन्ट रगत सङ्कलन गरेको छ।  त्यसैगरी सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका गरीब तथा जेहेनदार छात्रालाई ५७ स्थानमा छात्रवृत्ति प्रदान गरेको छ। बैंकले आफ्नो विभिन्न शाखा मार्फत विभिन्न उमेर समूहका व्यक्तिलाई बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा कात्तिक नाच संरक्षणका लागि आर्थिक सहयोग, नेपाल बाल संगठन, निःसहाय सहयोग परिषद्, राष्ट्रिय आविष्कार केन्द्र लगायत संस्थालाई आर्थिक सहयोग गरेको जनाएको छ।


प्रकाशित: Nov 28, 2022| 16:44 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्