शुक्रबार, असार २७, २०८२

धनगढीमा नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आवद्ध करिब ३ सय जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ।

अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भइ बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझ बढी सक्षम र व्यवसायी बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारका कार्यक्रमहरु सञ्चालन बताए। सोही क्रममा धनगढीमा यस कार्यक्रम आयोजना गरिएको उनले बताए।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए। यसैगरी कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए।

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताए। कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए।


प्रकाशित: Nov 28, 2022| 16:42 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्