काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा बिहीवार सम्पन्न भएको छ। साधारणसभा होटल भिष्वा, वीरगन्ज, पर्सामा सम्पन्न भएको हो।
यस अवसरमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संघईबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदनसहित आ.व.२०७७-७८ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ।
त्यसै गरी, साधारण सभाले आर्थिक वर्ष २०७७-७८ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १५.७८.५५ दरले हुन आउने रु. १ अर्ब २९ करोड बराबरको नगद लाभांश ९लाभांश कर समेत० दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। आ.व. २०७८-७९ को लागि एसएआर एसोसिएट्सलाई लेखापरीक्षकको रूपमा पुनर्नियुक्ति गर्दै सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ।
अध्यक्ष संघईले आ.व. २०७७-७८ को वार्षिक वित्तीय विवरण तथा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरूबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि रहेको र कम्पनीको समग्र विकासका लागि प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले शेयरधनीहरूको सल्लाह सुझावका लागि धन्यवाद दिएका थिए। उनले आफू कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए।
सभामा, शेयरधनीबाट गत २१औँ वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१:४९ कायम भइसकेकोले सञ्चालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ ९क० बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपूरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसाथ गरी आगामी वार्षिक साधारण सभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो।