मंगलबार, भदौ १०, २०८२

स्याउको बिरुवामै भ्रष्टाचार!

मुगुको छायानाथ रारा नगरपालिकाले आव २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार्ने र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममै भ्रष्टाचार भएको पाइएको छ।

स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउ बिउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ। सोही कार्यक्रममै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको छ। 

मुगुको छायानाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याई झुटो बिल भर्पाइ बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। 

बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ। आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरुद्ध १ लाख ६१ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो। आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध २ लाख २३ हजार १०० बराबरको बिगो दाबी गरेको छ।–रासस

प्रकाशित: Nov 28, 2022| 16:29 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।