शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि विश्वव्यापी बोलपत्र आह्वान

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि विश्वव्यापी बोलपत्र आह्वान

एमसिए नेपालले ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– अमेरिकी सहयोग परियोजना (एमसिसी)ले प्रसारण लाइन निर्माणका लागि सोमबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ। एमसिए नेपालले ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।

एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा ११७ किलोमिटर लामो प्रसारण लाइन ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ।

त्यस्तै, रातमाटे–दमौली ९० किलोमिटर लामो ४०० केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कुल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ।

सार्वजनिक सूचनाअनुसार आगामी १३ चैतसम्म आवेदन दिन पाइनेछ। नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ।

एमसिसीले कुल ५० करोड डलर र नेपाल सरकारबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ। आयोजना निर्माण आगामी अगस्तदेखि गणना हुने गरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ। एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्ने गरी परियोजना अगाडि बढाउन लागिएको छ। लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता संघीय संसद्ले अनुमोदन गरेको थियो।–रासस

प्रकाशित: Nov 28, 2022| 15:13 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्