मंगलबार, भदौ १०, २०८२

काठमाडौं, चितवन र धनुषामा गरी तीन जनाको शव फेला

काठमाडौं महनगरपालिका- १६ माछापोखरी बसन्तनगरस्थित पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ। काठमाडौं महनगरपालिका- १६ माछापोखरी बसन्तनगरस्थित पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ।

उक्त होटेलको १०५ नम्बर कोठामा मंसिर १० गतेदेखि बस्दै आएका पाल्ला बर्तुङ्ग गाउँपालिका-६ घर भएका ६० वर्षीय कुमार चन्द्र कोइराला आइतबार मृत फेला परेका हुन्। 

यस्तै चितवन, इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारस्थित त्रिशुली नदी किनारमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत फेला परेका छन्। 

धनुषाको जनकपुर उपमहानगरपालिका-९ बाह्रविघामा हालमा पनि हिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको छ। घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 28, 2022| 12:59 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।