बर्दिया- कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका १ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन्।
जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो। उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ।
बोधराजले कुटेर गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।