मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ महिला शून्य, एक मात्र दलित सदस्य निर्वाचित

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ महिला शून्य, एक मात्र दलित सदस्य निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क) बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

कर्णाली- कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ १ मात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क) बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्।

उनले हुम्ला प्रदेश (क) का स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई १ हजार ८५१ मतान्तरले पछि पार्दै विजयी भएका थिए। उनले ६ हजार ४८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरेका थिए। माओवादी केन्द्रबाट उनले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन्।

नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन्। साना दलहरूमा एक मात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नम्बर १(२) मा मनकली रामजाली, क्षेत्र नम्बर २(१) मा बिजुकला राना र दैलेख क्षेत्र नम्बर १(२) बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो। निर्वाचनमा रामजालीले ६३, रानाले ३०६ र सिंहले २०२ मत मात्र ल्याएर पराजित भए।

जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरूले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले टिप्पणी गरिन्। ‘महिला प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकटबाट वञ्चित गर्नु संविधान विरोधी कार्य हो,’ शाहीले भनिन्, ‘आगामी दिनमा यसलाई सशक्त मुद्दाका उठाउनुपर्दछ।’

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले महिलाहरू प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताइन्। ‘सामान्यतः महिलाले टिकट नपाएका भन्ने चाँहि होइन तर संवैधानिक व्यवस्थाबमोजिम न्यायिक बन्न सकेन,’ उनले भनिन्, ‘कर्णाली प्रदेशसभा सदस्यमा सबै पार्टीले प्रत्यक्षमा महिला उम्मेदवार उठाउने सवालमा निकै ठूलो अन्याय भएको हो।’

Metro Mart
worldlink

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार एमालेले १ लाख ८३ हजार ९५०, नेपाली कांग्रेसले १ लाख ७० हजार ७५६, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८२६, राप्रपाले २५ हजार १८६, नेमकिपाले ८ हजार ९९३ र नेकपा मालेले ३ हजार ९९ समानुपातिक मत प्राप्त गरेका छन्।

अन्य दलहरूले २ हजारभन्दा कम मत ल्याएका छन्। सबै दलहरू गरेर कर्णाली प्रदेशमा ५ लाख ७६ हजार १६७ समानुपातिक मत प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख गरिएको छ। प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरूले जितेर आएका छन्।

प्रदेश सभामा ४० सदस्य रहने व्यवस्था छ। यसमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ। ४० सदस्यीय प्रदेशसभामा विभिन्न दलहरूबाट ३३ प्रतिशतका हिसाबले १३ महिला प्रदेशसभा सदस्यको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति हुनेछ।  -रासस

प्रकाशित: Nov 28, 2022| 10:39 सोमबार, मंसिर १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।