शुक्रबार, असार २७, २०८२

झापामा धानको उत्पादकत्व बढ्यो

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यसवर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

झापा– झापामा वर्षे धानको उत्पादकत्व बढेको छ। गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यसवर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। 

यसवर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए। आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो। 

गतवर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो। प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए। 

त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो। यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ।  -रासस

प्रकाशित: Nov 28, 2022| 07:24 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्