मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • देशभर बढ्यो चिसो, काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस

देशभर बढ्यो चिसो, काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस

देशका उच्च पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- देशका उच्च पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ।

आज राति प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ।

तराई  भूभागमा हुस्सु÷कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको छ। विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छ। 

यसैबीच, काठमाडौंमा आज न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ। बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए। 

उनका अनुसार आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ। मौसमविद् भट्टराईका अनुसार आज काठमाडौंमा वर्षाको सम्भावना छैन।

प्रकाशित: Nov 28, 2022| 07:07 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।