मंगलबार, भदौ १०, २०८२

समानुपातिक मतगणना : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा उक्लियो, कुन दलको कति मत?

समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ।  

दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ आठ सय ८५ मत प्राप्त गरेको छ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले तीन लाख ५१ हजार दुई सय ६० मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन्।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो। सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो।

प्रकाशित: Nov 28, 2022| 06:56 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...