सुनसरी- सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाएका छन्। नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन्।