इलाम- इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन्।
प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका छन्।
लङ्वा प्रदेश नं १ सरकारमा संस्कृति तथा पर्यटनमन्त्री हुन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा कांग्रेसका राईले १२ हजार ७७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपककुमार थेवेले १२ हजार १३३ मत प्राप्त गरेका छन्।
विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा राई रोङ गाउँपालिका अध्यक्ष तथा थेवे माइ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए।