शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • चालुपुँजी कर्जा मार्गदर्शन परिवर्तनबारे राष्ट्र बैंक भएन 'टसमस'

चालुपुँजी कर्जा मार्गदर्शन परिवर्तनबारे राष्ट्र बैंक भएन 'टसमस'

निजी क्षेत्रले तत्काल लागू नगर्न माग गरे यो विषय सम्बोधन नगरी मौद्रिक नीतिको समीक्षा गरिएको हो।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं– मौद्रिक नीतिको समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयन योजना परिवर्तन गर्न सकिने बताएपनि यथावत राखिएको छ। निजी क्षेत्रले तत्काल लागू नगर्न माग गरे यो विषय सम्बोधन नगरी मौद्रिक नीतिको समीक्षा गरिएको हो। 

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति समीक्षामार्फत चालुँपुँजी कर्जा मार्गदर्शनका विषयमा पुनर्विचार गर्न सकिने बताएका थिए। आइतबार भएको मौद्रिक नीतिको पहिलो समीक्षामा चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई सम्बोधन गरिने उल्लेख गरिए पनि योजना पुनर्विचार गर्ने सम्बन्धमा कुनै कुनै निर्णय नभएको हो। 

केही समयअघि निजी क्षेत्रले चालुपूँजी कर्जा मार्गदर्शनका कारण व्यवसाय समस्यामा परेको भन्दै राष्ट्र बैंक‍विरुद्ध आन्दोलन गरेका थिए। त्यसबेला गभर्नर अधिकारीले आगामी मौद्रिक नीतिको समीक्षामार्फत माग सम्बोधन गर्ने जनाएका थिए। 

त्यसपछि राष्ट्र बैंकले मार्गदर्शन परिवर्तनका लागि सुझाव पेस गर्न आह्वान पनि गरेको थियो। सुझाव पर्याप्त नआएको भन्दै मार्गदर्शन तत्काल परिवर्तन नगरेको र सुझाव आएपछि परिवर्तन गरिने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए।

प्रकाशित: Nov 27, 2022| 21:05 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्