सुनसरी- सुनसरी १ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोककुमार राईले अग्रता बढाउँदै लगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङभन्दा नेकपा एमालेको समर्थन रहेका राईले १ सय १८ मतको अग्रता लिएका छन्।
पछिल्लो परिणाम अनुसार राईले १४ हजार १०५ र तामाङले १३ हजार ९८७ मत प्राप्त गरेका छन्।
यस्तै‚ सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १० हजार ९९० मत प्राप्त गरेका छन्।