मंगलबार, भदौ १०, २०८२

सातै प्रदेश सभामा पनि सत्ता गठबन्धन बहुमत नजिक

प्रतिनिधि सभामा बहुमत उन्मुख सत्ता गठबन्धन प्रदेश सभामा पनि सातै प्रदेशमा बहुमत नजिक देखिएको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- प्रतिनिधि सभामा बहुमत उन्मुख सत्ता गठबन्धन प्रदेश सभामा पनि सातै प्रदेशमा बहुमत नजिक देखिएको छ। 

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममा सातै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिटमा जित हासिल गरेको छ। समानुपातिकमा पनि एमालेभन्दा सत्ता गठबन्धनका दलहरूले बढी मत पाएका छन्। 

प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्छ। सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीन वटा दलले त्यो थ्रेस होल्ड पार गरिरहेका छन्।  

प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ प्रदेश सभा क्षेत्रमध्ये ३७ वटाको नतिजा आउँदा एमालेले २२ सिट जितेको छ भने सत्ता गठबन्धनले १८ सिट जितेको छ।

तर समानुपातिकतर्फ भने सत्ता गठबन्धन अघि छ। प्रदेश १ मा समानुपातिकतर्फ एमालेले ४ लाख ५२ हजार ८ सय २५ मत ल्याउँदा सत्ता गठबन्धनका दलहरूको मत मत ५ लाख ६० हजार ८ सय १२ मत छ। 

मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये एमाले गठबन्धनले २० स्थानमा जित्दा सत्ता गठबन्धनले २८ सिटमा जित निकालेको छ। समानुपातिकतर्फ एमाले गठबन्धनले ३ लाख ७६ हजार ४ सय ९१  मत ल्याउँदा सत्ता गठबन्धनले ४ लाख ७६ हजार ४ सय ६६मत ल्याएको छ। 

बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ सिटमध्ये एमालेले ११ सिट ल्याउँदा सत्ता गठबन्धनले हालसम्म ३७ सिट जितेको छ। यो प्रदेशमा समानुपातिकतर्फ एमालेले ३ लाख ९३ हजार ६ सय ९८ मत ल्याएको छ भने सत्ता गठबन्धनको मत ५ लाख ८२ हजार १ सय ५६ मत रहेको छ।

प्रत्यक्षतर्फ ३६ सिट रहेको गण्डकी प्रदेश सभामा हालसम्म एमालेले १२ सिट ल्याउँदा सत्ता गठबन्धनले २१ सिट जितेको छ। समानुपातिकतर्फ एमालेले ३ लाख ४० हजार ५ सय ३३ मत ल्याउँदा सत्ता गठबन्धनले ४ लाख ६२  हजार ६ सय ४७ मत ल्याएको छ।

लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १७ सिट जित्दा सत्ता गठबन्धनले २२ सिट जितेको छ। समानुपातिकतर्फ गठबन्धनको मत ६ लाख ६७ हजार  ९ सय ७०मत रहेको छ भने एमालेको मत ४  लाख ५३ हजार ६६ मत रहेको छ।

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फका २४ सिटमध्ये एमाले ३ सिटमा विजयी हुँदा सत्ता गठबन्धन १५ सिटमा विजयी भएको छ। समानुपातिकतर्फ एमालेको मत १ लाख ७६ हजार २ सय ६३ छ भने सत्ता गठबन्धनको मत ३ लाख ३१ हजार ४ सय ४४  छ।

सुदुरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ ३२ सिटमध्ये एमालेले हालसम्म २  सिट जित्दा सत्ता गठबन्धनले १८ सिट ल्याएको छ। समानुपातिकतर्फ एमालेको मत २ लाख २३ हजार ३ सय ८१  मत ल्याएको छ भने सत्ता गठबन्धनले ३ लाख ५१  हजार ५ सय ७० मत ल्याएको छ।

प्रकाशित: Nov 27, 2022| 13:26 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...