सर्लाही- प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय विजयी भएका छन्।
नौ हजार ६२६ मतका साथ राय विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई उनले एक सय ७९ मतान्तरले पराजित गरेका हुन्।
पराजित चौधरीले नौ हजार ४४७ मत ल्याएका छन्। यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४० मत प्राप्त गरे।