सुनसरी- सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता भंग गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राईले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेको समर्थन पाएका राईले १३ हजार ८ सय १ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १३ हजार ७ सय ९७ मत ल्याएका छन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत पाएका छन्।