मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • घाँटी र टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका पुरुषको मृत्यु

घाँटी र टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका पुरुषको मृत्यु

धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

विराटनगर- धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका १ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो । 

सरबरिया शनिबार राति ११:२० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा फेला परेका थिए। गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो। उनी घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए। 

उपचारकै क्रममा राति १२:२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रकाशित: Nov 27, 2022| 10:58 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।