मंगलबार, भदौ १०, २०८२

सुनसरी ४ मा रोकिएको मतगणनाका विषयमा सर्वदलीय बैठक सुरु

सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएकोमा आइतबार बिहान १० बजेबाट सर्वदलीय बैठक सुरु भएको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएकोमा आइतबार बिहान १० बजेबाट सर्वदलीय बैठक सुरु भएको छ। 

नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको दाबी गरेपछि शनिबार बेलुकीबाट गणना रोकिएको थियो। 

सुनसरी ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिन मागसहित सर्वदलीय बैठक बस्नुपर्ने अडान लिएका छन्। अहिले इनरुवाको भगवती माद्यामिक विद्यालयमा बैठक जारी रहेको बताइएको छ।

मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन्। एमाले उम्मेदवार जगदीश कुसियैतले २३ हजार ३४१ मत पाएका छन्।

प्रकाशित: Nov 27, 2022| 10:31 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...