मंगलबार, भदौ १०, २०८२

रेल्वे कम्पनीद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ना गर्न लागेको हो।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ना गर्न लागेको हो। 

कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ। 

त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ।

सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ। एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ। यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ। 

प्रकाशित: Nov 27, 2022| 08:55 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।