विराटनगर- मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेकपा एमालेका घनश्याम खतिवडालाई ४३० मतले पराजित गर्दै लिम्बू निर्वाचित भएका हुन्। लिम्बूले २७ हजार २९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले २६ हजार ८६७ मत मात्रै ल्याउन सके।