काठमाडौं- रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।
तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्।
कांग्रेस रामेछाप जिल्ला सभापतिसमेत रहेका तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे।
२०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए। २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए।