महोत्तरी- महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले पराजित गरेका हुन्।
महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन्। त्यसैगरी महोत्तरी १ (क) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी हभएकी छन् ।
थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेका छन्।