काठमाडौं- इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।