जनकपुर- धनुषा-१ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्की विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उपमहसचिवसमेत रहेका मातृकाप्रसाद यादवलाई पराजित गरी कार्की निर्वाचित भएका हुन्।
कार्कीले २७ हजार ४३१ मत ल्याउँदा यादवले २१ हजार ४८३ मत पाए। उनीहरूको मतान्तर ५ हजार ९४८ छ।
जनमत पार्टीका किशोरी साह तेस्रो भए। उनले १४ हजार ४ सय ६८ मत पाए।