इलाम– इलाम-२ मा मतगणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद सुरु भएर गणना रोकिएको हो। इलामको वडा १ र २ को गणना हुने क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको हो।
हस्ताक्षर नभएको मतपत्र फिर्ता गर्न माग गर्दै अहिले नाराबाजी सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्रमा हस्ताक्षर नभएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
अन्तिम अपडेट अनुसार सो क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार सुवास नेम्बाङले २८ हजार ४७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले २८ हजार ४८६ मत ल्याएका छन्। त्यसपछि भएको गणनाको तथ्यांक सार्वजनिक भएको छैन। रोकिएका दुई वडाबाहेक उक्त क्षेत्रमा पर्ने सबै स्थानको गणना सकिएको छ।
गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।