महोत्तरी- महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा सुरेन्द्र यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै महेन्द्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
विजयी महेन्द्रले २५ हजार ४ सय २० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।
जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत पाए।