काठमाडौं– सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ। नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको दाबी गरेपछि गणना रोकिएको हो।
सुनसरी ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिन मागसहित सर्वदलीय बैठक बस्नुपर्ने अडान लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन्। एमाले उम्मेदवार जगदीश कुसियैतले २३ हजार ३४१ मत पाएका छन्।