काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ २० लाख बढी मत कटाउँदै पहिलो स्थानमा रहेको छ। एमालेले हालसम्म समानुपातिकतर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको हो।
दोस्रोमा नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत पाएको छ। तेस्रोमा नेकपा माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गरेको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५ मत पाएको छ।
पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४१ हजार ९६९, छैटौं स्थानमा रहेको जसपा नेपालले २ लाख ३८ हजार ८८७ र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार १०८ मत पाएका छन्।
यस्तै, आठौं स्थानमा नागरिक उन्मुक्ति पार्टीले १ लाख ६९ हजार ५०५, नवौं स्थानमा जनमत पार्टीले १ लाख ६६ हजार ३७० र दसौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १०२ मत पाएका छन्।