काठमाडौं– रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा प्रतिनिधिसभामा निर्वाचित भएका छन्। एमाले–राप्रपा गठबन्धनका उम्मेदवार बोहराले कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका हुन्।
राप्रपाका उम्मेदवार बोहराले ३६ हजार ६४८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी खाणले ३४ हजार ६ मत ल्याए। यसअघि २०७४ को निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धनबाट बोहरालाई भोट मागेका खाण यस पटक उनै बोहराबाट पराजित भए।