मोरङ- २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई एक हजार २०८ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। पोखरेलले ३३ हजार १४८ मत पाउँदा कोइरालाले ३१ हजार ९४० मत पाएकी छन्।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले चार हजार ९८७ मत पाए।
२०७४ सालको निर्वाचनमा एमाले मोरङका अध्यक्षसमेत रहेका पोखरेल कांग्रेस नेता मिनेन्द्र रिजालसँग पराजित भएका थिए। यस पटक रिजालले टिकट नपाएपछि स्थानीय कांग्रेसका कार्यकता रुष्ट थिए।