विराटनगर- सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले दिउँसो १ बजेसम्म २२ हजार ३४५ मत प्राप्त गरेका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २२ हजार १६१ मत पाएका छन्। कुसियैतभन्दा कार्की १७६ मतले अगाडि छन्।