इलाम- इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँगको मतान्तर घटाएका छन्।
निर्वाचन आयोगका अनुसार नेम्वाङले अहिलेसम्म २७ हजार ८१९ मत पाएका छन्। खड्काले २७ हजार ६८५ का साथ पछ्याइरहेका छन्।
उनीहरूबीच १३४ मतको अन्तर छ। यहाँ उनीहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।