मंगलबार, भदौ १०, २०८२

विराटनगरमा फूटपाथ खाली र टहरा भत्काउने अभियान सुरु

विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

विराटनगर- विराटनगर महानगरपालिकाले फूटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रवारदेखि सुरू गरेको छ।

विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ। 

अभियान विराटनगरको मेनरोडबाट सुरू गरिएको छ। महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फूटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो। व्यापारीले फूटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरू गरेको हो। 

पसलको सटरभन्दा बाहिर सामग्री नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो। पसलबाहिर राखेका सामान, टेलिभिजन, फ्रीज, माला, प्लास्टिकका कुर्सी लगायतका सामान हटाइएको छ। 

अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिइएको छ। यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ।

‘विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,’ प्रमुख नागेश कोइरालाले भने, ‘हामीले २–२ पटक सार्वजनिक रूपमै सूचना प्रकाशित गरेका थियौं। विराटनगरलाई सुन्दर बनाउनु व्यापारीको पनि कर्तव्य हो। उहाँहरूलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु।’

यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन शुरू गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए।

प्रकाशित: Nov 26, 2022| 10:35 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।