काठमाडौं- मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी भएका छन्। मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भएका छन्।
एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए।