काठमाडौं- सप्तरीको ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४ सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरे।
गत प्रतिनिधिसभा र संविधानसभा सदस्य निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए। यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ। जसअनुसार प्रतिनिधिसभामा कांग्रेस २, जनमत र जसपा पार्टी १/१ स्थानमा विजयी भएका छन्।
प्रदेशसभामा जनमत पार्टीले ४, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ सदस्यमा जीत हासिल गरेका छन्।