काठमाडौं- काभ्रेपलाञ्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुर्यमान तामाङ दोङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशमबहादुर लामाले ३० हजार ५४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ ८ हजार ६९७ मत प्राप्त गरी तेस्रो भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्णबहादुर विश्वकर्माले १ हजार ८५३ मत प्राप्त गरेका छन्।
काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए।