नेपालगञ्ज- बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन्। उनले १५ हजार छ सय ५७ मत प्राप्त गरे।
निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन्।
उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ। बाँके प्रदेश क्षेत्र नं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो।
प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भए। सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार थिए।