सर्लाही- सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोसँग मतान्तर बढाउँदै लगेका छन्।
यादवले लोकतान्त्रिक समाजवादी पार्टीका महतोलाई १९ सय बढीले पछि पारेका छन्।
यादव र महतोबीच १९ सय ४५ मतान्तर रहेको छ। पछिल्लो परिणामअनुसार यादवले २० हजार ७३८ मत ल्याउँदा महतोले १८ हजार ७९३ मत ल्याएका छन्।
एमाले उम्मेदवार राजनारायण साह १३ हजार ६४३ मत पाएका छन्।