काठमाडौं- सिराहा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन्।
नेपाली कांग्रेसकी नेता चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
राजकिशोरले २४ हजार १७८ मत ल्याएर विजयी हुँदा चित्रलेखाले २३ हजार २८ मत पाइन्।
यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, राप्रपाका मुरली मिझारले ८७२, हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६९९ र स्वतन्त्र उम्मेदवार रामप्रकाश महतोले ६३९ मत पाएका छन्।