काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। शनिबार बिहान साढे ६ बजेसम्म एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार एमालेले १७ लाख १६ हजार ७७६ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ४७ हजार ९ सय ८१ मत प्राप्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ५० हजार ३ सय २९ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले अहिलेसम्म ७ लाख २९ हजार १ सय ७४ मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ८३ हजार १ सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले २ लाख ६ हजार ७७, नेकपा एकीकृत समाजवादीले १ लाख ५० हजार ६२८, नागरिक उन्मुक्ति पार्टीले १ लाख ३६ हजार ३ सय १ र लोसपाले ८१ हजार ३३० मत प्राप्त गरेका छन्।