काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुनेक्रम जारी छ। प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले सुरुदेखि नै अग्रता बनाएको छ। दोस्रोमा कांग्रेस र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेका छन्।
प्रदेशसभा समानुपातिकतर्फ एमाले पाँच प्रदेशमा अगाडि छ। मधेसमा कांग्रेस र कर्णालीमा माओवादी अगाडि छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले दुईलाख ५७ हजार ६९३ मत पाएको छ। राप्रपाले ९२ हजार ८३६ मत प्राप्त गर्दा माओवादी केन्द्रले ८१ हजार ८५६, जसपाले ३७ हजार ६५६ र नेकपा (एकीकृत समाजवादी)ले २२ हजार ५७५ मत पाएको छ।
मधेस प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले एकलाख ३२ हजार ९५५ मत पाएको छ। दोस्रो स्थानमा रहेको एमालेले एकलाख चार हजार ४१० मत पाएको छ। जसपाले ८८ हजार ७०० मत, जनमत पार्टीले ६५ हजार ८२५ र नेकपा (माओवादी केन्द्र)ले ४७ हजार ९८६ मत पाएको छ।
लोसपाले ३६ हजार २८९ र एकीकृत समाजवादीले २५ हजार ४६९ मत पाएका छन्।
बागग्मती प्रदेशमा नेकपा एमालेले अग्रता लिइरहेको छ। उसले २८ हजार ६ हजार ५३१ मत पाएको छ। नेपाली कांग्रेसले दुई लाख ५३ हजार ९२० मत पाएको छ। यहाँ राप्रपाले एकलाख ५३ हजार ९७० मत पाएको छ। माओवादीले एकलाख ३८ हजार २८९ र नेमकिपाले ५९ हजार ४७० मत पाएको छ।
एमाले गण्डकी प्रदेशमा पहिलो दल बनेको छ। समानुपातिकतर्फ यहाँ एमालेले दुईलाख ८५ हजार ७३२ मत पाएको छ। दोस्रोमा रहेको कांग्रेसले दुई लाख ६३ हजार १२६ मत पाएको छ।
तेस्रोमा माओवादीले एकलाख ४ हजार ७०४ मत पाएको छ। यहाँ राप्रपाले ४९ हजार ३८६ र हाम्रो नेपाली पार्टीले १६ हजार ५७७ तथा राष्ट्रिय जनमोर्चाले १४ हजार ३३० मत पाएको छ।
लुम्बिनीमा एमालेले तीन लाख ६८ हजार ५२७ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले तीन लाख ३३ हजार १६३ मत पाएको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले एक लाख ३३ हजार ६७०, राप्रपाले ८२ हजार ४२५, जसपाले ४९ हजार ४९३ र नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ४९३ मत पाएको छ। यहाँ जनमत पार्टीले ४१ हजार ५६७ मत पाएको छ।
कर्णाली प्रदेशमा भने माओवादी केन्द्र पहिलो स्थानमा छ। उसले ७६ हजार १७३ मत पाएको छ। दोस्रो स्थानमा रहेको एमालेले ७३ हजार ९, तेस्रो स्थानमा रहेका पाँच हजार १० मत पाएको छ। चौँथो स्थानमा रहेको १८ हजार ६०५ मत पाएको छ।
सुदूरपश्चिम प्रदेशमा एमालेले एकलाख ५० हजार २२७ मतका साथ अग्रता कायमै राखेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एकलाख ४४ हजार ५९१ मत पाएको छ।
तेस्रो स्थानमा रहेको माओवादीसँग ६८ हजार ३८९, नागरिक उन्मुक्ति पार्टीले ३५ हजार ५७५ तथा नेकपा(एकीकृत समाजवादी) ले २६ हजार ८ पाएको छ।