तेह्रथुम- तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसकी सीता गुरूङ विजयी भएकी छन्।
नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ विजयी भएकी हुन्।
गुरूङले १९ हजार ७०२ मत प्राप्त गर्दा एमालेका सुब्बाले १८ हजार ६२३ मत प्राप्त गरेका छन्।
७१ हजार ९३३ मतदाता रहेको तेह्रथुममा ४१ हजार २०८ मत खसेको थियो।