चितवन- चितवन–३ बाट प्रतिनिधि सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन्।
३४ हजार ३६२ मत ल्याएर चुनिएका पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी बने। अधिकारीलाई सत्ताधारी ५ दलको समर्थन थियो।
अधिकारीले २४ हजार ६७१ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ पाउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए। कोइरालालाई एमालेले समर्थन गरेको थियो।