महोत्तरी- महोत्तरी-३ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पार्दै ठाकुर विजयी भएका हुन्।
ठाकुरले १६ हजार ३ सय ७५ मत प्राप्त गर्दा यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरे। लोसपाका ठाकुरलाई सत्ताधारी ५ दलको समर्थन थियो।