बुधबार, भदौ ११, २०८२

सुजाता कोइरालालाई हराउँदै मोरङ-१ मा एमालेका पोखरेल विजयी

मोरङ-२ मा नेपाली कांग्रेसकी सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

मोरङ- मोरङ-२ मा नेपाली कांग्रेसकी सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन्। कोइरालालाई १ हजार २०८ मतले पछि पार्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

पोखरेल ३३ हजार १४८ मत पाएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन्। सुजाताका पिता कांग्रेसका सभापतिसमेत रहिसकेका पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए। 

पाखरेल २०७० को संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालले उनलाई पराजित गरेका थिए। डा शेखर कोइराला समूहमा सक्रिय भएपछि सभापति देउवाले रिजाललाई टिकट नदिएर सुजातालाई अगाडि सारेका थिए। पोखरेल मोरङ एमाले अध्यक्षको दोस्रो कार्यकालमा छन्। 

प्रकाशित: Nov 25, 2022| 21:24 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...